दफा ३८४
असुरक्षित घर बहालमा दिन, लिन नहुने

(१) कसैले पनि मानव बसोबास गर्नको लागि स्वास्थ्य तथा सुरक्षाको दृष्टिले बसोबास गर्नउपयुक्त नदेखिएको घर बहालमा दिन वा लिन हुँदैन ।
(२) गोदाम, पशुपालन, भण्डार, शीत भण्डार जस्ता गैरआवासीय प्रयोजनको घरको गुणस्तर घर बहालसम्झौतामा उल्लेख गरे बमोजिम हुनेछ ।